नयाँदिल्ली- वर्षायाममा वायुमण्डलमा रहेको आर्द्रता र चारैतिर फैलिएको फोहोरका कारण भाइरस र ब्याक्टेरिया तीव्र गतिमा बढ्छन्। यही कारणले गर्दा यस मौसममा धेरै प्रकारका संक्रामक रोगहरूको जोखिम बढ्छ। यीमध्ये एक निमोनिया हो, जुन फोक्सोमा हुने गम्भीर संक्रमण हो।
यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्छ। तर, बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन्। समयमै उपचार नगरेमा यो रोग घातक पनि साबित हुन सक्छ।
इन्डियन जर्नल अफ चेस्ट डिजिजेज एन्ड अलाइड साइन्सेसमा प्रकाशित एक अध्ययनअनुसार मनसुनमा निमोनियाका घटनाहरू बढ्छन्। यसको मुख्य कारण वर्षामा भिज्नु र लामो समयसम्म भिजेको लुगामा बस्नु हो। यद्यपि, केही आवश्यक सावधानी अपनाएर यो गम्भीर रोगको जोखिमबाट बच्न सकिन्छ।
यी लक्षणलाई नगरौं इग्नोर
– लगातार खोकी लागिरहनु
– चर्को ज्वरो आउनु र चिसो लाग्नु
– श्वासप्रश्वास छिटोछिटो हुनु
– छातीमा चर्को दुखाइ हुनु
– थकान महशुस हुनु र भोक नलाग्नु
– बालबालिकाले वान्ता गर्नु
– बयस्कमा द्विविधाजस्तो महशुस हुनु
निमोनियाबाट बच्ने ११ टिप्स
– खाना खानुअघि र वासरुमबाट आएपछि साबुन-पानीले हात धोऊँ
– खोक्दा या हाछ्यूँ गर्दा नाक र मुखलाई रुमाल र टिस्युले ढाकौं
– तौलिया, रुमालजस्ता व्यक्तिगत सामान अरूसँग सेयर नगरौं
– वर्षातमा भिज्नबाट बचौं। यदि भिजियो भने तत्काल कपडा बदलौं।
– घरभित्र चिस्यान बढ्न नदिऊँ। भेन्टिलेसनको व्यवस्थापन गरौं।
– डाइटमा हरिया सागपात, फल र अन्न सहभागी गराऊँ।
– दिनभर कम्तिमा ७-८ गिलास पानी पिऊँ।
– सर्दी र खोकी लागेका संक्रमित मानिसबाट पर्याप्त दूरी बनाऊँ।
– वर्षायाममा एयर कन्डिसनरको प्रयोगबाट सकेसम्म बचौं।
– धुम्रपान र मध्यपानबाट टाढा बसौं।
– कुनै पनि लक्षण देखिनासाथ तत्काल चिकित्सकको परामर्श लिऊँ।
भास्कर डट कमबाट