काठमाडौँ । दाङको तुलसीपुर उपमहानगर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
Advertisement
नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोसम्बन्धि रोगबाट पीडित रहेका थिए ।
यसअघि उनी तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका थिए । उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।