काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको बोलीबारे निर्वाचन आयोगले छानबिन थालेको छ । निर्वाचन प्रचार प्रसारका क्रममा दिएको उनको भोलिबारे निर्वाचन आयोगले छानबिन थालेको हो ।
Advertisement
आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई छानबिन गर्न जिम्मेवारी दिइएको छ । उनीमाथि आजै स्पष्टीकरण सोध्ने आयोगको तयारी रहेको छ ।
राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरा पुगेर कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा पैसा नपठाउने बताएकी थिइन् ।
यससँगै कैलाली पुगेर उनले आफ्नो पार्टीलाई भोट हाले युवाहरूलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया पठाउने बताएकी थिइन् ।