काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएका एक उम्मेदवारको परिवारमाथि आक्रमण भएको छ । धनुषाका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार भएको हो ।
Advertisement
वडाध्यक्ष पदका उमेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सर्वदेव नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार हुन् ।
सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले बुवामाथि आक्रमण गरेको प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।