काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न उनी चितवनको भरतपुर महानगरमा पुग्ने भएका हुन् ।
Advertisement
यस अवसरमा उनले भरतपुर महानगरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलसँग भेट गर्ने भएका छन् । पौडेलले सत्ता गठबन्धनको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै बागी उम्मेदवार दिएका छन् । उनले उम्मेदवारी फिर्ता गरेका छैनन् ।
कांग्रेसका सभापतिसमेत रहेका देउवा बुधबार नै चितवन पुगेका हुन् । आज देउवा र पौडेलबीच वार्ता हुने भएको छ ।
पौडेलले भने, ‘अहिले म साथीहरूसँगको छलफल गरिरहेको छु, त्यसपछि उहाँसँग भेट गर्ने छु ।’