नयाँदिल्ली- युरोपियन सोसाइटी अफ कार्डियोलोजीका अनुसार सुगर रोग अर्थात् डाइबिटिजका कारण हृदयाघात, ब्रेन स्ट्रोक र कार्डियोभास्कुलर रोगको जोखिम अत्यधिक हुन्छ। र, ती रोग लागेर मृत्युको कारण २८ प्रतिशतसम्म बढ्छ।
डाइबिटिजका कारण ब्लड सुगरको लेभल उच्च रहन्छ। त्यसले ब्लड भेसल्स र मुटुको फंक्सनिङलाई कन्ट्रोल गर्ने नर्भ्स कमजोर हुन्छ। लामो समयसम्म ब्लड सुगर लेभल हाई भयो भने एथेरोस्क्लेरोसिसको अवस्था बन्छ।
त्यसमार्फत आर्टरिजमा प्लाक जमेर कडा हुन्छ र रक्त सञ्चारमा रोकावट गराउँछ। त्यसले रक्तचाप उच्च बनाउँछ। त्यसबाट ब्लड भेसल्सलाई नोक्सान पुर्याउँछ। र, मुटुको स्वास्थ्य बिगार्छ। अनि हृदयाघात र ब्रेन स्ट्रोक हुन सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुटुसँग जोडिएका स्वास्थ्य समस्याहरू नै संसारमा मृत्युको सबैभन्दा ठूला कारक हुन्। सन् २०१९ मा मुटुसम्बन्धी समस्याका कारण १.७९ करोड मानिसको मृत्यु भएको थियो। तीमध्ये ८५ प्रतिशतको मृत्यु हृदयाघात र ब्रेन स्ट्रोकबाट भएको थियो। त्यसको पछाडि डाइबिटिज र उच्च रक्तचाप ठूला कारण थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा संसारभर ८३ करोड मानिसलाई डाइबिटिज थियो। र, त्यसको एक चौथाइभन्दा बढी मधुमेहका बिरामी भारतमा छन्। सन् २०२२ मा भारतमा २१.१ करोड मानिस मधुमेहबाट पीडित थिए।
ब्लड सुगर बढ्दा हुने समस्या
– ब्लड भेसल्समा क्षति पुग्छ
– उच्च रक्तचाप बढ्छ
– कोलेस्टेरोल बढ्छ
– हर्ट कन्ट्रोलिङ नर्भ्समा क्षति पुग्छ
– आँखाको ज्योति कमजोर हुन्छ
– मिर्गौलाको फंक्सनिङ खराब हुन्छ
– कलेजो ड्यामेज हुन्छ
– छाला पनि ड्यामेज हुन सक्छ
– कोरोनरी आर्टरी डिजिज, हर्ट फेल, मुटुको मांशपेशी कमजोर, हृदयाघात र ब्रेन स्ट्रोक हुन्छ
हृदयाघातको जोखिम कम गर्न के गर्ने ?
– सबैभन्दा पहिले ब्लड सुगर लेभल व्यवस्थापन गरौं
– उच्च रक्तचापलाई नियन्त्रणमा राखौं
– कोलेस्टेरोल लेभल नियन्त्रणमा राखौं
– नियमित जाँच गराऊँ
– चुरोट र मदिरा सेवन बन्द गरौं
– दैनिक र नियमित शारीरिक व्यायाम गरौं
– चिनी र रिफाइन्ड खानेकुराबाट टाढा बसौं
भास्कर डट कमबाट