• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

एउटै कलमा खाली हुन सक्छ बैंक एकाउन्ट, रहनूस् सावधान


    Avatar photo
सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित

नयाँदिल्ली- भ्वाइस क्लोनिङ पछिल्लो साइबर अपराधको कडी हो। यसमार्फत व्यक्तिलाई परिचित आफन्तजनको स्वर बनाएर कल गर्ने र पैसा माग्‍ने अपराध संसारभर चलिरहेको छ। सावधानी अपनाइएन भने एउटै फोन कलमा तपाईंको बैंक खाता रित्तो हुन सक्छ।

Advertisement

कतिपय मानिसलाई हामी आवाजबाटै चिन्छौं, अनुहार देख्‍नै पर्दैन। तर, कहिलेकाहीं त्यही स्वर घातक बन्‍न सक्छ। स्वर चिनेरै व्यवहार गर्ने प्रवृत्तिलाई कमजोरी बनाएर साइबर अपराधीहरूले ‘भ्वाइस क्लोनिङ स्क्याम’ चलाइरहेका छन्।

साइबर अपराधीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत नजिकका व्यक्तिको आवाज कपी गर्छन्। परिवारका सदस्यहरू, साथी र अफिसका सहकर्मीहरूलाई फोन गरेर पैसा र अन्य सिन्सेटिभ जानकारी प्राप्त गर्छन्। र, त्यसरी जानकारी दिने व्यक्तिकै आवाज रेकर्ड गरेर सम्बन्धित व्यक्तिलाई फोन गरी बैंक खाताको पैसा उडाइदिन्छन्। त्यसैले यस स्क्यामबाट पर्याप्त सावधानी अपनाउनु जरुरी छ।

फोन गरेर कसैले पैसा मागिरहेको छ भने तत्काल खातामा पैसा ट्रान्सफर गरिदिने होइन। पहिले जसको आवाजबाट कल आएको छ, उसलाई भेटेर या फोन गरेर पैसा किन मागेको भनेर सोध्नूस्। क्रस भेरिफाई गर्नासाथ साइबर अपराधीले कल गरेको पत्ता लागिहाल्छ।

कसरी गरिन्छ भ्वाइस क्लोनिङ ?

– पहिले अनजान नम्बरबाट कल आउँछ

– कलमा कुनै परिचित व्यक्तिको जस्तो आवाज हुन्छ

– खासगरी, मातापिता, छोराछोरी या भाइबहिनीको आवाजमा कल गरिएको हुन्छ

– कल गर्नासाथ तत्काल पैसा माग्‍न थाल्छ

– परिचित आवाज हुने भएकाले पीडितले तत्काल विश्‍वास गरिहाल्छ

– र, कुनै शंकाबिनै तत्काल पैसा पठाउने व्यक्ति साइबर स्क्याममा फस्न पुग्छ

– पैसा पठाइसकेपछि मात्र त्यो फ्रड आवाज थियो भन्‍ने थाहा हुन्छ

– स्क्यामरले छोराछोरी, मातापिता या भाइबहिनीलगायत आफन्तजनको आवाज कपी गरेर ठग्छ

कसरी बच्‍ने ?

– अनजान नम्बरबाट कल आउनासाथ सतर्क बनिहाल्नूस्

– आवाज चिरपरिचित तर फोन नम्बर नयाँ छ भने फ्रड हुन सक्छ

– त्यसैले चिरपरिचित आवाजलाई पहिले भेरिफाई गर्नूस्

– त्यसरी कल गर्ने व्यक्तिलाई केही त्यस्तो कुरा सोध्नूस्, जो परिवारजनबाहेक कसैलाई जानकारी नहोस्

– फोन गर्ने व्यक्ति फ्रड हो भन्‍ने उसको जवाफबाटै थाहा हुन्छ

– फोनबाट ओटीपी या अन्य कुनै व्यक्तिगत जानकारी सेयर नगरौं

– आफ्नो आवाज, भिडियो र व्यक्तिगत जानकारी सार्वजनिक नगर्नूस्

– एआई भ्वाइस क्लोनिङको नयाँ प्रविधिहरू बारे अपडेट रहनूस्

– सन्देहास्पद कल या भ्वाइस नोटको रेकर्डिङ सेभ गर्नूस्

– र, तत्काल प्रहरीको साइबर सेलमा त्यस्तो नम्बर टिपाइहाल्नूस्

– आफ्नो सामाजिक सञ्‍जालको गोपनीयता स्ट्रङ बनाउनूस्

 

भास्कर डट कमबाट

 

सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

भर्खरै

  • १.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ६.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ८.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.