बराहक्षेत्र- सुनसरीको चतरा अस्पतालमा निःशूल्क पाइने जीवन जल २२ दिनदेखि उपलब्ध नरहेको खुलेको छ।
Advertisement
सरकारले झाडापखालाका बिरामीलाई जीवन जल निःशूल्क उपलब्ध गराउँछ। अस्पतालमै अभाव भएपछि झाडापखालाका बिरामी स्थानीय मेडिकल पसलमा जीवन जल किनेर खान बाध्य छन्।
अस्पतालका सूचना अधिकारी योगेन्द्र कट्टेलले जीवन जल नभएको स्वीकारे। बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखामा माग फारम भरेर पठाएको तर अझै जीवन जल उपलब्ध नभएको उनले बताए। बराहक्षेत्र स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहताले अस्पतालमा छिट्टै जीवन जल उपलब्ध गराइने बताए।