कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा भारत भ्रमणमा गएको टोली र उत्तराखण्डका माननिय मुख्यमन्त्री पुष्करसिंह धामी बिच भेट बार्ता भएको छ ।
Advertisement
भेट्घाटका क्रममा अनुभव आदानप्रदान, दोहोरो सम्बन्ध, सिमानाकाको समस्या, बिकासमा सहकार्य, धार्मिक, सास्कृतिक लगायतका बिबिध पक्षमा छलफल भएको जनाइएको छ ।
गत मंगलबार भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको थियो। नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको जनाइएको छ।