नयाँदिल्ली- बालबालिकाका लागि आफ्ना मातापिता रोल मोडल हुन्छन्। मातापिताको हरेक गतिविधि र व्यवहारलाई बालबालिकाले नोटिस गरिरहेका हुन्छन्। सोहीअनुसार आफूले पनि व्यवहार गर्न सिक्छन्।
बालबालिकाले प्यारेन्ट्सबाट मातापिताबाट व्यावहारिक ज्ञान त सिक्छन् नै, उनीहरूको व्यक्तित्व र आदतको पनि गहिरो प्रभाव परेको हुन्छ।
उदाहरणका लागि आफ्ना मातापिता आपसमा प्यार र सम्मानपूर्वक कुराकानी गरिरहेको बालबालिकाले देख्दा उनीहरू पनि अरूसँग त्यस्तै व्यवहार गर्छन्। यस्तै, प्यारेन्ट्सले समस्याहरू सामना गर्न धैर्य र समझदारीको परिचय दिन्छन् भने बालबालिकाले पनि त्यही सिक्छन्।
त्यसैले प्यारेन्ट्सले आफ्नो व्यवहार आदतमाथि ध्यान दिनु जरुरी छ। किनकि, तपाईंका सन्तानले तपाईंबाटै भविष्यको पाइला चाल्न शुरु गर्छन्।
बालबालिकाले सिक्ने यी १० कुरा
– रिस र डरमा तपाईं कसरी प्रतिक्रिया जनाउनु हुन्छ
– अर्को व्यक्तिसँग कस्तो व्यवहार गर्नु हुन्छ
– गल्ति र असफताहरूको सामना कसरी गर्नु हुन्छ
– दैनिक समस्याहरू कसरी डिल गर्नु हुन्छ
– आफ्नै केयर कसरी गर्नु हुन्छ
– आफ्ना विवादहरूलाई कसरी सुल्झाउनु हुन्छ
– अर्को व्यक्तिको कुरा र विचारहरू कसरी सुन्नु हुन्छ
– पशु-पक्षीहरूलाई कस्तो व्यवहार गर्नु हुन्छ
– कुनै काम कति जिम्मेवारीपूर्वक पूरा गर्नु हुन्छ
– अर्को व्यक्तिलाई मद्दत गर्ने पाटोमा तपाईंको सोच कस्तो छ
बच्चासामु नगरौं यी ८ काम
– जीवनसाथीको कुरा काट्ने नगरौं
– रिस देखाउने र कराउने नगरौं
– अभद्र भाषाको प्रयोग नगरौं
– अर्काका बच्चासँग आफ्नालाई तुलना नगरौं
– झुटो बोल्ने र बहाना बनाउने नगरौं
– ग्याजेट्सको अत्यधिक प्रयोग नगरौं
– झगडा या बहस नगरौं
– रक्सी र चुरोट नपिऊँ
भास्कर डट कमबाट