प्रेस चौतारी नेपालमा सर्वसम्मत श्रेष्ठ श्रेष्ठ चयन भएका हुन् ।
प्रेस चौतारी बराहक्षेत्र नगर समितीको चौथो अधिवेसनले अर्जुन श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरेको हो । उपाध्यक्षमा भुमिका रसाइली, सचिवमा सुदन गुरागाइँ, कोषाध्यक्षमा गंगा भट्टराइ सर्वसम्मत चयन हुन भएको हो।
सदस्यहरुमा अनिता कार्की, नविना पौडेल, मनिका विश्वकर्मा, रेशु राई, हरि बस्नेत चयन हुनुभयो। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व मन्त्री जगदिश कुशियतले नयाँ कार्यसमतीले बराहक्षेत्र भुगोलको पहिचान स्थापीत गर्न भुमीका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकासन विभाग उपाप्रमुख मजदुर नेता भिम ज्वाला राइले पत्रकारीताको आचार संहिता भित्र रहेर नेकपा एमालेमाथी भइरहेको चौतर्फी हमलाको बिरुद्धमा समाचार लेख्न आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष सुमन पुरीले बराहक्षेत्र भुगोल अन्तराष्ट्रीय स्तरका समाचार उत्पादन गर्न सक्ने सम्भावना बोकेको स्थान भएको बताउनुभयो । उहाँले गलत कार्यको खुलेर समाचार लेख्न र धाक धम्कीदेखी नडराउनपनी अनुरोध गनुभयो । कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य हिमाल दाहाल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष तथा प्रेस चौतारी नेपाल सुनसरीका निवर्तमान इन्चार्ज सन्तोष काफ्ले, प्रेस चौतारी कोशी प्रदेश सदस्य महेश गुरागाइ, प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लीङ राई लगायतको उपस्थिती रहेको थियो।