वृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्षमा प्रकाश बस्नेतलाई कोशी प्रदेशको ३९औं मन्त्रीपरिषदको निर्णयानुसार बृहत्तर बराहक्षेत्र बिकास समितीको अध्यक्षमा बराहक्षेत्र नगरपालिका वडा नं २ बयरबन बजार निवासी प्रकाश बस्नेत नियुक्त गरेको हो।
Advertisement
वृहत्तर वराहक्षेत्र विकास समितिका कार्यकारी सदस्यमा बराहक्षेत्र नगरपालिका वडा नं २ प्रल्लाद भट्टराई, बेलका नगरपालिका (ठोक्सिला)निबासी लक्ष्मिराज अधिकार, बराहक्षेत्र ६ निबासी टीका कुमारी श्रेष्ठ नियुक्त हुनु भएको हुन।
गत वर्ष वैशाख २५ गते अध्यक्ष भेषराज घिमिरे र सचिब गोपाल खत्रीको पदावधि सकिएको थियो।
सदस्य सचिवको नियुक्ति प्रकृया खुल्ला प्रतिस्पर्धाबाट हुने विकास समितिको गठन आदेशमा उल्लेख छ भए अनुशार अब सदस्य सचिवको नियुक्ति बाँकी रहेको छ।