काठमाडौँ । इरानको विदेश मन्त्रालयले शुक्रबार कतारका राजदूतको हत्या प्रयासबारे मिडिया रिपोर्टलाई अस्वीकार गरेको छ ।
Advertisement
कतारको विदेश मन्त्रालय र तेहरानस्थित कतारको दूतावासले कथित हत्या प्रयासको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
अन्य खाडी अरब देशहरू जस्तो नभई कतारको इरानसँग निकै मैत्रीपूर्ण सम्बन्ध छ । छिमेकी अरब राष्ट्रहरूले प्रभावकारी रूपमा नाकाबन्दी गर्दा इरानले कतारलाई आर्थिक चुनौतीको सामना गर्न मद्दत गरेपछि विगत पाँच वर्षमा तिनीको सम्बन्ध अझ बलियो भएको हो ।
इरानी राष्ट्रपति इब्राहिम राइसीले यसै वर्षको फेब्रुअरीमा कतारको भ्रमण गरेका थिए । र, त्यसलाई बढावा दिने सम्झौतामा हस्ताक्षर गरेका थिए ।