काठमाडौँ । आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुने भएको छ । निर्वाचन आयोगले आज उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
Advertisement
निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरूका उम्मेदवार आफ्नै चुनाव चिन्ह पाउने छन् । यस्तै, स्वतन्त्र उम्मेदवारका लागि आयोगले फरक चुनाव चिह्न प्रदान गर्ने छ ।
शुक्रबार आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवार चुनावी प्रतिस्पर्धामा जाने भएका छन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।
उम्मेदवारले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि शुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउने व्यवस्था रहेको छ ।