नयाँदिल्ली- अनलाइन आधुनिक संसारको गहना बनेको छ। अनलाइनबाटै प्रेम पनि उत्तिकै झांगिएको छ।
इन्टरनेटमा प्रशस्त डेटिङ एप्स उपलब्ध छन्। ती एपहरू मार्फत डेटिङ पार्टनर प्राप्त गर्न धेरै सहज भएको छ, युवा-युवतीलाई।
टिन्डर, बम्बल, ओकेक्युपिड, ट्रुली म्याडली, क्वैक क्वैकलगायत डेटिङ एप्स दक्षिण एसियामा लोकप्रिय छन्। पछिल्ला वर्षमा डेटिङ उद्योग फस्टाएको छ।
‘बिजनेस अफ एप्स’का अनुसार संसारभर ३३ करोडभन्दा बढी मानिसले डेटिङ एप्स प्रयोग गर्छन्।
अनलाइन डेटिङमा अपनाऊँ सावधानी
– एप्समा उपलब्ध डेटिङ प्रोफाइल राम्ररी जाँच गरौं
– प्रोफाइलको सोसल मिडिया फुट प्रिन्ट जाँच गरौं
– संदिग्ध तस्बिर राखिएका प्रोफाइलबाट टाढा बसौं
– एप्समा परिचय भएर फोनमा कुरा भइसकेपछि पार्टनरको भाइब्स राम्रो लाग्यो भने मात्र भेटौं
– आफ्नो नजिकका साथीसँग त्यसबारे जानकारी सेयर गरौं
– पहिले दोस्तीमा सीमित बनौं र विस्तारै सम्बन्ध अगाडि बढाऊँ
– पहिलोपटक कुनै सार्वजनिक स्थलमै भेटौं
– पहिलो कुराकानीमै आफ्ना संवेदनशील जानकारी सेयर नगरौं
नगरौं यी गल्ती
– आफ्नो डेटमा त्यसरी नै प्रस्तुत होऔं, जस्तो तपाईं हुनु हुन्छ
– पहिलो डेटमा निजी जानकारी सेयर नगरौं
– अनलाइन डेटिङमा मानिसले झुट बोल्छ भन्ने ध्यान राखौं
– आफ्नो निजी तस्बिर र भिडियो सेयर गर्नबाट बचौं
– पहिलोपटक पार्टनरसँग भेट्न साथी लिएर जाऊँ
– जबसम्म दोस्ती गहिरो हुँदैन, पार्टनरलाई घरमा नबोलाऊँ
भास्कर डट कमबाट