नयाँदिल्ली- जब कसैले हाम्राबारेमा राम्रो कुरा गर्छ, हामी आनन्दित महशुस गर्छौं। मानवीय स्वभाव नै हो, प्रशंसा सुन्न इच्छा गर्ने।
तथापि, अरूले आफ्नाबारेमा राम्रो कुरा गर्दा मात्र आनन्द महशुस गर्ने होइन, आफैंले पनि सकारात्मक सोचको विकास गरियो भने आनन्दित महशुस हुन्छ।
सबेरै उठेर पजिटिभ कुरा गर्ने, आफैंलाई मानसिक रूपमा प्रशिक्षित गर्ने बानीले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्छ। त्यसबाट आत्मविश्वास बढ्छ। र, सकारात्मक सोचको विकास गर्न मद्दत पुग्छ।
यदि हामीले आफैंसँग राम्रो कुरा मात्र गरिरहँदा दिमागलाई शान्ति मिल्छ। र, हामी हमेशा खुशी रहन्छौं। अनि आफैंसँग भरोसा गर्न सिक्छौं। सकारात्मक भावबाट दिमागलाई प्रशिक्षित गर्दा मनमा रहेका नकारात्मक भावना र विचार विस्तारै हट्दै जान्छन्।
सकारात्मक सोचका ५ प्रभाव
– आत्मविश्वास बढ्छ
– तनावको स्तर कम हुन्छ
– नकारात्मकता कम हुन्छ
– उत्साह र ऊर्जा बलियो बन्छ
– स्वस्थ आनीबानी अपनाउन सहज हुन्छ
सबेरै बोल्ने १० वाक्य
– म हरेक काम राम्रोसँग सम्पादन गर्नेछु
– आजको दिन सम्भावनाबाट भरिपूर्ण छ
– मेरो जीवनमा सुख-समृद्धि आउँदैछ
– म आफ्नो ताकतलाई राम्रोसँग चिन्छु
– म हरेक परिस्थितिमा शान्त र सन्तुलित रहन्छु
– म आफ्नो शरीर र मनलाई राम्रोसँग ख्याल राख्छु
– म आफैंसँग प्रेम गर्छु
– मलाई आफ्नो महत्त्व राम्रोसँग जानकारी छ
– मेरो जीवनमा सकारात्मक मानिस र अनुभव आउँछन्
– रुखबिरुवा, आकाश, मानिस सबै कति सुन्दर छन्