नयाँदिल्ली- के तपाईंलाई अचानक घबराहट र बेचैनी महशुस हुन्छ ? के तपाईंको मनमा साह्रै धेरै विचार घुम्छन् ? के तपाईं चैनको निन्द्रा सुत्न सक्नु हुन्न ?
यो अवस्था अहिलेको व्यस्त संसारमा सामान्यझैं बनेको छ। तर, यसले हाम्रो व्यावसायिक र व्यक्तिगत जीवनमा पनि नराम्रो असर पुर्याइरहेको हुन्छ।
र, यो एन्जाइटी भएको लक्षण हुन सक्छ। यदि तपाईंलाई एन्जाइटी भएको छ भने औषधि खाएर र थेरापी गरेर निको नहुन सक्छ। यसको उपचारमा केही प्राकृतिक उपाय प्रभावी बन्न सक्छ। ती प्राकृतिक उपायद्वारा शुरुवाती चरणमै एन्जाइटीका लक्षणहरू कम गर्न सकिन्छ।
क्यामोमाइल टी र पुदिनाको पातको सेवन तथा ल्याभेन्डरको सुगन्ध र अरोमाथेरापीबाट यसका लक्षण कम गर्न सकिन्छ। यस्तै, ओमेगा-३ फ्याटी एसिड पाइने खानेकुरा, भिटामिन बी-१२, भिटामिन बी-६ र म्याग्नेसियम र थिनिन एमिनो एसिडयुक्त खानेकुराले पनि एन्जाइटी कम गर्न मद्दत पुर्याउँछन्।
यस्तै, व्यायाम मानसिक स्वास्थ्यका लागि लाभकारी हुन्छ। योगबाट पनि एन्जाइटी कम गर्न सकिन्छ। अक्युपंचर विधिबाट पनि एन्जाइटीमाथि विजय पाउन सकिन्छ। तथापि, यसमा विज्ञको परामर्श अत्यावश्यक हुन्छ।
यस्तै, ध्यानको क्रममा गहिरो सास फेर्ने गर्दा दिमाग र शरीरको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्छ। ध्यानले चिन्ताका लक्षणहरूलाई कम गराउँछ। यसैगरी, सकारात्मक भावना चिन्ता कम गर्न मद्दतगार हुन्छ। सकारात्मक भावना हातले कापीमा लेख्दा तनावको स्तरलाई कम गर्न सकिन्छ।
भास्कर डट कमबाट