Advertisement
काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह उम्मेदवार बन्ने भएकी छन् । पार्टीले महानगरमो मेयरमा सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने भएकी छन् । यसअघि नै पार्टीभित्र छलफल हुँदा उनलाई कांग्रेसबाट उम्मेदवारी बनाउने निर्णय भएको थियो ।
यस्तै, नेकपा एमालेबाट मेयरमा केशव स्थापितको नाम टुंगो लागिसकेको छ ।