Advertisement
काठमाडौँ । झापाको केचनकवल गाउँपालिकामा नेपाली कांगेस र नेकपा एमालेले तालमेल गर्ने भएको छ । सत्ता गठबन्धनका पाँच दलभित्र अन्य दलसँग तालमेल गर्ने नपाइने सहमति भए पनि उक्त पालिकामा कांग्रेस र एमालेले तालमेल गर्ने भएको हो ।
प्रदेश १ को कांग्रेस नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिए पनि एमालेसँग सहमति गरेको हो ।
सहमतिअनुसार केचनकवलको अध्यक्ष कांग्रेसले लिने भएको छ । यस्तै, एमालेले उपाध्यक्ष पाउने भएको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र भएको उक्त पालिकामा राप्रपाविरुद्ध एमाले र कांग्रेसले तालमेल गर्ने भएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा केचनकवलको अध्यक्षमा राप्रपा उम्मेदवार अन्जरा आलाम र उपाध्यक्षमा राप्रपाकै उम्मेदवार निमसरी राजवंशी विजयी भएकी थिइन् ।