Advertisement
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा खुट्टा भाँच्चिएको बताएका छन् ।
नेकपा स्थापनाको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले एकपछि अर्को गर्दै ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताएका हुन् ।
यस्तै, उनले एमालेका मानिसहरू नेकपा एसमा प्रवेश गरेको बताउँदै ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताए ।
अध्यक्ष नेपालले ओली प्रवृत्तिले एमालेकै भविष्य सकिएको बताए । ‘नेकपा एमाले भन्ने पार्टीमा कुनै क्रान्तिकारिता रहेन, त्यहाँ कुनै कम्युनिष्ट चरित्र छैन, त्यसैले एमालेको भविष्य छैन,’ उनले भने ।
अध्यक्ष नेपालले एमाले पार्टी छाडेर समाजवादी प्रवेश गरेका राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षलाई स्वागत गरेका थिए ।