• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

राशिफल : कन्या- धन आर्जन, वृश्‍चिक- फल प्राप्ति


बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित

मेष- परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्‍न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनु होला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि, मिहिनेत गर्दा विस्तारै कर्मफल प्राप्त हुनेछ। काम बिग्रने डरले सताइरहनेछ। प्रयत्‍न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।

Advertisement

वृष- बिछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्‍ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्‍याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मिहिनेतले विशेष उपलब्धि हासिल हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ।

मिथुन- स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ।

कर्कट- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्।

सिंह- विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्‍नाले प्रशन्‍नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।

कन्या- नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्।

तुला- आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर, अरूका काममा समय खर्चनुपर्ला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला।

वृश्‍चिक- शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूको भर पर्दा धोका पाइएला। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।

धनु- खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विभिन्‍न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा पूरा नहुन सक्छ।

मकर- मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।

कुम्भ- वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्‍याउनुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्‍य पहिल्याउन सकिनेछ।

मीन- चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्‍वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.