• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

नेपालगञ्जमा सत्ता गठबन्धनभित्रै विद्रोहको चेतावनी


    Avatar photo
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

केन्द्रिकृत सत्ता गठबन्धनले बाँकेका सत्ता गठबन्धन दलमा हलचल ल्याएको छ ।

Advertisement

पाँच दलिय सत्ता गठबन्धनले नेपालगन्जको मेयर नेपाली काँग्रेसलाई दिने निर्णय गरेपछि यहाँका राजनीतिक दलमा हलचल ल्याएको हो । नेपालगन्जको मेयर पदको उम्मेदवारमा नेपाली काँग्रेसले पाउने र जनता समाजबादी पार्टी (जसपा) ले उपमेयर पाउने केन्द्रको निर्णयपछि जसपाका नेता, कार्यकर्ता पार्टी परित्याग गर्ने धम्की दिएका छन् ।

जसपा बाँकेले पाँच दलीय सत्ता गठबन्धले गरेको निर्णय नमान्ने स्पष्ट पार्दै पार्टी परित्याग गरि स्वतन्त्र ढंगले चुनाव लड्ने चेतावनी दिएका छन् ।
बालुवाटारमा बुधवार बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले नेपालगन्ज उपमहानगरपालिका काँग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरि आफ्नो तरिकाले निर्वाचन लड्ने तयारी थालेको अध्यक्ष मोहम्मद कमरुद्धिन राईले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरका मेयरका आकांक्षी राईले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पारे । ‘जिल्लाको बस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिदैन । हामीहरु अर्कै चुनाव चिन्ह लिएर चुनावमा होमिन्छौँ,’ उनले भने, ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं ।’
उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

सुरक्षा निकायले जस्तै निर्देशन केन्द्रले दिने र तल्लो तहले मानिराख्न नसकिने उनको भनाई छ ।

केन्द्रमा गठबन्धन गर्ने पाँच दलिय गठबन्धन वीच सहमति भएकै बेला जसपा बाँकेका नेता, कार्यकर्ताले नेपालगन्ज सहित चार पालिकामा गठबन्धन नगर्ने भन्दै गठबन्धनलाई लिखित पत्र पठाएका थिए ।

उता, नेकपा माओवादी केन्द्रमा पनि तीव्र असन्तुष्टि बढेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगरको बुधवार बसेको बैठकले पाँच दलिय सत्ता गठबन्धन दलले माओवादी केन्द्रलाई अपमान गरेको ठहर गरेको छ ।
केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ ।

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.