• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : मेष- अवसरै अवसर, कन्या- दाम्पत्य सुख


मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

मेष- व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्‍ठा दिलाउनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्‍याउनुहोला। समय मध्यम नै छ। एकपछि अर्को अवसर आउनाले मन प्रशन्‍न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ।

Advertisement

वृष- आज आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। मनोरञ्‍जनमा समय व्यतित हुनेछ। टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ।

मिथुन- पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भर पर्दा सबै काम नबन्‍न सक्छन्। तर पनि, वित्तादि लाभ हुने देखिन्छ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ। व्यापार व्यसायमा फाइदा नै होला।

कर्कट- स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्‍न सक्छ। आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला। पैसा हराउन सक्छ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्‍ने देखिन्छ।

सिंह- व्यापार व्यवसायमा बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। मानसम्मानमा पनि ठेस पुग्‍ने देखिन्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्‍नेछ। समस्या थपिन सक्छन्। सानातिना काममा समय बित्‍ने दिन छ।

कन्या- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। सजिलै काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। परोपकारजन्य क्रियाकलापमा समय बित्‍नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ।

तुला- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्‍नुहोला। पशु र कृषिबाट सोचेको लाभ नहुन सक्छ। दिन सामान्य नै छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका कामसमेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।

वृश्‍चिक- मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्‍न रहनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्‍य प्राप्त गर्न नसकिएला। स्वास्थ्य कमजोर रहला। आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ।

धनु- समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्‍न सक्छ। आफ्नै कमजोरीले इष्‍टमित्र टाढिन सक्छन्। आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन-पाठनमा प्रगति हुनेछ। काम बिग्रने डरले सताउन सक्छ।

मकर- लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ। असावधानीले धन खर्च हुन सक्छ।

कुम्भ- बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। पेटको खराबीले सताउला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्‍नुपर्ला। सरकारी कडिकडाउको शिकार भइनेछ।

मीन- सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पूरानो रोगले पनि सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ।

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

भर्खरै

  • १.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ६.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ८.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.