Advertisement
काठमाडौँ । कपिलवस्तु नगरपालिका ४ गोपालपुरमा आइतबार राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पतालमा लगेसँगै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति पौने ८ बजे पैदल हिँडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।