Advertisement
काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आगामी निर्वाचनका बारेमा छलफल गर्न बैठक शुरु भएको हो ।
स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकको मूल विषय स्थानीय तहको निर्वाचन रहेको छ ।
आइतबार बसेको बैठकमा दलका नेताहरूले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए । जसमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए । यस विषयमा थप छलफल गर्न आज बैठक बसेको हो ।