• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

फ्रेन्च राष्ट्रपतीय चुनावको मुख्य मुद्दा बन्यो मुस्लिम महिलाले लगाउने स्काफ


आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

पेरिस- फ्रान्सको राष्ट्रपतीय चुनावकी दक्षिणपन्थी उम्मेदवार मरिन ल पेनले सार्वजनिक स्थलमा मुस्लिम महिलाले टाउकोमा लगाउने हेडस्काफमा प्रतिबन्ध लगाउने उनको मागलाई पुनः जोड दिएकी छन्। मुस्लिम महिलाले लगाउने हेडस्काफ शुरुदेखि नै यसपटकको राष्ट्रपति चुनावको मुख्य मुद्दामध्ये एक बनेको छ।

Advertisement

ल पेनले हेडस्काफ फ्रान्सको आधारभूत सिद्धान्त धर्मनिरपेक्षतावाद विरुद्ध रहेकाले यसलाई छुट दिन नमिल्ने बताएकी छन्। मुसलमान महिलाले पूरा शरीर ढाक्ने गरी लगाउने बुर्का र टाउको छोप्न प्रयोग गर्ने हेडस्काफ लामो समयदेखि फ्रान्सको राजनीतिक वृत्तमा विवादित मुद्दा रहँदै आएको छ।

राष्ट्रपतीय चुनावको दोस्रो चरणको निर्वाचनअघि भएको चुनावी बहसमा ल पेनले मुस्लिम महिलाको पहिरनमाथिको प्रतिबन्धलाई ‘अत्यावश्यक’ बताइन्। उनले आफू राष्ट्रपति भए सार्वजनिक स्थानमा मुस्लिम पहिरिनमा प्रतिबन्ध लगाउने तथा पहिरिनेलाई जरिवाना तिराउने कानून ल्याउने बताइन।

अर्का उम्मेदवार तथा वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोनले आफ्नो सम्पूर्ण ध्यान ल पेनकोजस्तो स्काफमा ‘केन्द्रित’ नरहेको बताए। उनले आफ्नो सरकारले यो समस्याको जरो पहिचान गर्न काम गरिररहेको र ‘पृथकतावादी कानून’मार्फत यसलाई सम्बोधन गरिने बताए। उनी सबै पहिरन प्रतिबन्ध गर्ने कानून ल्याउने पक्षमा नरहेको उनको भनाइ छ।

फ्रान्समा ६० लाख मुसलमान बस्छन्, जो फ्रान्सको सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो। तर, यो समुदायले लगाउने पहिरन पछिल्ला केही निर्वाचनका बहसको प्रमुख विषय बन्न थालेको छ। विशेषतः बुर्का, हेडस्काफले फ्रेन्च मूल्य मान्यतालाई चुनौती दिने बताउँदै तिनको आंशिक वा पूर्ण प्रतिबन्धको माग उठ्ने गरेको छ।

दक्षिणपन्थी उम्मेदवार ल पेनले उनको घोषणापत्रमै राष्ट्रपति बनेमा सार्वजनिक स्थलमा शरीर ढाक्ने मुस्लिम पहिरनमा प्रतिबन्ध लगाउने घोषणा गरेकी छन्। यो विषयमा म्याक्रोनले आफूलाई ल पेनभन्दा उदार देखाउने प्रयास गरिरहेका छन्। तर, आलोचकहरू म्याक्रोनको सरकारले ल्याएको पृथकतावादविरोधी कानूनले मुसलमान समुदायलाई लक्षित गरेको आरोप लाग्ने गर्छ।

फ्रान्सभित्र इस्लाम धर्मावलम्बीप्रतिको घृणाविरुद्ध अभियान चलाइरहेका मरवान मुहम्मदका अनुसार म्याक्रोन र ल पेन दुईले इस्लामलाई राजनीतिक फुटबलमा बदलिएका छन्। दुई उम्मेदवार मतदाता तान्न इस्लाममाथि प्रहार गरिरहेको उनले आरोप लगाए। ल पेनको कठोर अडान ‘म्याक्रोनका लागि मुस्लिम मतदाता तान्न उपयोगी हुने’ मुहम्मदलले बताए। उनले भने, ‘ल पेनको कठोर नीतिका कारण धेरै मुस्लिमले म्याक्रोनलाई विकल्पका रूपमा हेरिरहेका छन्। तर, म्याक्रोनको गत पाँच वर्षका नीति हेर्ने हो भने तिनले मुस्लिमहरूलाई असर गरेको छ।’

फ्रान्समा सन् २००४ देखि मुस्लिम महिलाले लगाउने पहिरन प्रतिबन्धको निशानामा पर्न थालेको हो। त्यो वर्ष विद्यालय तथा कलेजका कक्षाकोठामा हेडस्काफमा प्रतिबन्ध लगाइएको थियो। त्यसपछि सन् २०१० मा सार्वजनिक स्थलमा मुस्लिम महिलाले अनुहार छोप्ने पहिरन निकाबलाई प्रतिबन्ध लगाइयो। त्यसयता फ्रेन्च मुस्लिम महिलाहरूले पहिचानजनित पहिरनका रूपमा सार्वजनिक स्थानमा हेडस्काफ लगाउँदै आएका थिए।

टीआरटी वर्ल्डबाट

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

भर्खरै

  • १.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • २.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ३.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ४.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ५.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ६.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ७.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

  • ८.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.