काठमाडौँ । चीनको नयाँ अन्तरिक्ष स्टेशनबाट छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्वजनिक गरेको छ ।
यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ ।
चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ । जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीको अन्तरिक्ष अन्वेषणमा दशकौँको अनुभव छ ।
आकाशमा दरबार
सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्री सफलतापूर्वक पुग्न सफल भएका हुन् ।
अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेशनमा पुगेका र अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दल मिशनमा सहभागी भई पृथ्वीमा फर्किएका छन् ।
चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ ‘स्वर्गीय दरबार’ निर्माणका लागि धेरै भागहरू ल्याउन र अक्षमा एकत्रित गर्न जम्मा ११ मिशनहरूको आवश्यकता पर्ने छ ।
एकपटक पूरा भएपछि यो कम्तीमा १० वर्षसम्म हाम्रो ग्रहभन्दा ४०० देखि ४५० किलोमिटरमाथि न्यून पृथ्वीको अक्षमा रहने आशा गरिएको छ । अन्तरिक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्ने महत्वाकांक्षा चीनमा थप बलियो बन्दै गएको छ ।
चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको स्केलमा विश्वव्यापी सहयोगका लागि आफ्नो अन्तरिक्ष स्टेशन प्रयोग गर्ने योजना नगरे पनि बेइजिङले भने विदेशी सहयोगका लागि खुला रहेको बताएको छ । यो सहयोग कत्तिको व्यापक हुनेछ आगामी दिनले पुष्टि गर्दै जानेछन् ।