काठमाडौं- नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाहुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मोटरसाइकलले बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल बसमा ठक्कर खाँदा बस अनियन्त्रित भई ने.१ ह १९८१ नम्बरको ई–रिक्सासँग ठोक्किएर दुर्घटना भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका ई–रिक्सा चालक र ई–रिक्सामा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रे, भुम्लु गाउँपालिका–१० स्थित सडकमा जिरो किलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०२५ प ८७७६ नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक पाँचखाल नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल चौलागाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पा, माथागढी गाउँपालिका–२ फेदी भन्ने स्थानमा लु.२ ख १४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५३ वर्षीय टेक बहादुर ढेगाको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका–२२ अम्रेलास्टेट नजिक बा.प्र.०२–०५१ प १०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२२ बस्ने ३१ वर्षीय अशोक भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोट, लिखु गाउँपालिका–६ दोबाटेस्थित सडकमा बा.६२ प २८७९ नम्बरको मोटरसाइकल बा.५ ख ७०१६ नम्बरको ट्रकसँग ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार तादी गाउँपालिका–३ बस्ने ३६ वर्षीय बिनोद चौलागाई मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।