• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सफा पानीमा छठ स्नान गर्न पाइने आशमा बर्दिबास बासी


    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

महोत्तरी- बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् । बर्दिबास–१, २ र १४ को छठी घाट रहँदै आएको बर्दिबास–१४ स्थित हटिया पोखरीको सम्भार र डिलमा बोरिङ जडान गरिएपछि यसपालि कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने यहाँका सर्वसाधारणले आश सँगालेका हुन् ।

Advertisement

यसपालि भर्खरै पोखरीको उत्खनन् गरिएर सरसफाइ गरिनसँगै चारैतिर डिलमा पक्की ब्लक ओछ्याइएको छ । यस्तै डिलमै भर्खर जडान गरिएको बोरि¬ङबाट सफा पानी पोखरीमा खसालिएको छ । डिलमा ४०० फिट गहिरो सतहबाट निस्कने सफा पानी पोखरीमा खसालिएपछि अहिले छठी स्नानका लागि सजिलो हुने भएको हो ।

‘पोखरी सरसफाइ गरेर चारैतिर पक्की ब्लक ओछ्याइएको छ, पोखरीमा बोरिङको कञ्चन पानी झरेको छ,’ हटियाचोकका सामाजिक कार्यकर्ता जनुलाल महतो भन्छन्, ‘यसपालि छठका वर्तालुले सफा पानीमा चोबलिएर स्नान गर्न पाउनेछन् ।’ छठमा व्रतको दिन सझिया अरख र समापनको दिन बिहानको भोरका अरख सूर्यलाई चढाउन कम्मरसम्म पानीमा उभिने चलन छ । यसअघि वर्तालुले तीन पटक पानीमा चुर्लुम्म डुबेर स्नान गर्छन् ।

अघिल्ला बितेका वर्षमा बर्दिबास हटियाभरिको फोहर दुर्गन्ध पोखरीमा झर्दै आएको थियो । यसपालि भने दीपावलीअघि नै फोहर निकासको ढल बनेर प्रयोगमा ल्याइएपछि अब सम्भार र सरसफाइले निरन्तरता पाए पोखरीको पानी सधैँ कञ्चन रहने बर्दिबास–२ का देवनारायण महतो बताउँछन् ।

बर्दिबासको हटिया पोखरी यो बस्ती बस्न थालेसँगै बनेको यहाँका पाका व्यक्ति सम्झन्छन् । पहिले बर्दिबासमा खानेपानीको अभाव हुँदा यो पोखरी खानेपानी प्रयोजनमा पनि प्रयोग हुन्थ्यो । घना जङ्गल छेउको पोखरी डिलमा टाढाटाढाबाट काठ दाउरा लिन आउनेको विश्रामस्थल रहेको पोखरी छेउकै बासिन्दा ८० वर्षीय परीक्षण महतो सम्झन्छन् । पछि बस्ती विकास गर्दै गएपछि खानेपानीका इनार र अन्य विकल्प बढे । यससँगै यो पोखरी नगरभरिको फोहर जम्ने थलो बनेको उनले बताइ ।

बर्दिबास नगरको नाउँसँगै यो पोखरीको सम्बन्ध जोडिएको पुराना बासिन्दाको भनाइ छ । काठ दाउरा लिन बयलगाडा लिएर आउने यहाँ रात बस्ने र ‘बरद’ (गोरु) डिलभरि बस्ने हुँदा ठाउँको नाउँ बरदबास हुँदै पछि बर्दिबास भएको यो नगर बसाउने स्व नीरबहादुर हमालका छोरा ७० वर्षीय चिरञ्जीवी हमाल बताउँछन् ।

अहिले आफ्नो नगरको विकाससँगै जोडिएको हटिया पोखरीको मर्मतसम्भार, सरसफाइ, हटियाको फोहर निकासको ढल निर्माण, पोखरी डिलमा पक्की ब्लक ओछ््याइएर बोरिङको सफा पानी झर्न थालेपछि छठ वर्तालुसँगै सबै नगरवासी दङ्ग छन् । पोखरीका यी काम मधेश सरकार र बर्दिबास नगरपालिकाले सम्पन्न गरेपछि अब यसको नियमित सरसफाइमा सर्वसाधारणले चासो दिनुपर्ने पाका व्यक्तिको सल्लाह छ ।

 

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.