Advertisement
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा गठबन्धन नगर्ने भएको छ । जसपाले सत्ता साझेदारी दलहरूलाई छाडेर अन्य दलहरूसँग चुनावी तालमेल गर्ने भएको हो ।
जसपाले लोकतान्त्रिक समाजवादी पार्टी– कैलाली, नेपाल लोकतान्त्रिक पार्टी– कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– कैलालीसँग चुनावी तालमेल गर्ने भएको हो ।
शनिबार कैलालीको धनगढीमा चार दलको बैठक बसी निर्वाचनमा आफूहरूले निर्वाचनको तालमेल गर्ने भएको जानकारी दिएको हो । पाँच दलको शीर्ष नेताहरूबीच अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएको छ । तर, जसपाले कैलालीमा अन्य दलसँग तालमेल गर्ने भएको हो ।
स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा देशैभर एकसाथ हुने भएको छ ।