रुसले फेरि युक्रेनको राजधानी शहर किभमाथि आक्रमण शुरु गरेको छ।
Advertisement
युक्रेनले आफ्नो भूभागमा आक्रमण गरेको दाबी गर्दै रुसी सेनाले किभमा फेरि हमला गरेको हो।
‘किभमाथि दर्जनौँ मिसाइल प्रहार गरिएको छ। रुसी भूमिमा युक्रेनले आक्रमण गरेपछि जवाफी हमला गरिएको हो,’ रुसको रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ। युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको रुसले युक्रेनको आक्रमणलाई भने आतंकवादी हमला दाबी गरेको छ।
आफ्नो युक्रेन सीमाको ब्रायन्स्क क्षेत्रमा दुई हेलिकोप्टरमाथि युक्रेनी सेनाले आक्रमण गरेको रुसको दाबी छ। युक्रेनको आक्रमणमा परी बालबालिकासहित सातजना घाइते भएको रुसको दाबी छ।
किभस्थित सैन्य कारखानामा रुसी सेनाले आक्रमण गरेको छ। त्यसका लागि लङ रेन्ज मिसाइल प्रयोग गरेको थियो। रुसले किभमाथि दुई सातायता पहिलोपटक आक्रमण गरेको हो।