• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

दशैंमा मुटु स्वस्थ राख्‍न कस्तो खाना ?


शनिबार, असोज २६, २०८१ मा प्रकाशित

काठमाडौं- दशैं नेपालीहरूको महान चाड। दशैंको अवसरमा हरेकको भान्सामा मिठामिठा परिकार पाक्छन्। टाढाबाट घर फिरेका आफन्तजनका साथ बसेर घरमै पकाइएका ती परिकार खानुको मज्जा नै बेग्लै हुन्छ !

Advertisement

तर, दशैंमा हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्‍न पनि त्यतिकै जरुरी छ। त्यसका लागि हामीले कस्तो खानेकुरा खाने भन्‍ने कुरामा भरपर्ने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्।

दशैंमा बढीजसो चिल्लो खानेकुरा सेलरोटी, माछा-मासुका परिकार खाने नेपाली परम्परा छ। यस्ता खानेकुरा बढी खाँदा मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मुटुमा समस्या उत्पन्‍न हुन सक्छ। पहिलेदेखि नै मुटुको समस्या भएका व्यक्तिका लागि त झन् यस्ता खानेकुरा निकै हानिकारक हुने उनको भनाइ छ।

नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जना कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीहरूको संख्या नेपालमा २) वर्षयता ५ गुणाले वृद्धि भएको उनी बताउँछन्। भन्छन्, ‘नेपालमा विद्यमान मुटुरोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्।’

डा. रेग्मीका अनुसार दशैंमा धेरै खानेकुरा खाइन्छ। तर, कसरत, हिँडडुल खासै हुँदैन। त्यसकारण यो समयमा हामीले के कस्तो खाना खानु उत्तम मानिन्छ भन्‍नेमा विशेष ध्यान दिनुपर्छ। मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले दशैंको समयमा फलफूल, हरियो तरकारी खान उत्तम मानिन्छ। बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) कम खानुपर्ने उनी बताउँछन्।

राँगो, खसी र सुँगुरको (रातो) मासुमा बोसोको मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन। त्यसैले यस्तो मासु सकेसम्म कम नै खाँदा राम्रो मानिन्छ। रातो मासुको साटो कुखुरा, हाँस, माछा खानु उचित रहेको उनी बताउँछन्। भन्छन्, ‘सेतो मासु खान मिल्छ भन्दैमा धेरै चिल्लो हालेर, कबाब बनाएर खानु राम्रो होइन। यसको साटो मासुलाई रस बनाएर, उसिनेर खाँदा राम्रो हुन्छ।’

मुटुका बिरामी र मुटुलाई स्वस्थ राख्‍न चाहने व्यक्तिहरूले हरियो सागपात, गेडागुडी, पनिर, टोफू, दही, दूधबाट बन्‍ने परिकार खीर, हलुवा, खानु राम्रो हुने डा. रेग्मी सुझाउँछन्।

मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले ठूला जनावरको भन्दा माछा, कुखुरा, हाँसलगायतको मासु खानु राम्रो हो। सागपातमा पनि चम्सुर, पालुंगो, मेथीको साग, फर्सीको मुन्टा खानुपर्छ। तरकारीबाट धेरै मात्रामा भिटामिन, खनिज पदार्थ पाइन्छ।

गेडागुडी, गाँजर, जौ, ब्रोकाउली, च्याउ, कुरिलो, हरियो केराउजस्ता फाइबरयुक्त खानेकुरा खान सकिने उनी बताउँछन्।

०००

स्वस्थ खाना स्वस्थ शरीरको आधार हो। त्यसकारण दशैंमा स्वस्थ खाना खाएर आफ्नो मुटुलाई पनि स्वस्थ राख्‍नुपर्नेमा पोषणविद् डा.अरुणा उप्रेती सुझाउँछिन्।

उनका अनुसार दशैंमा आफन्त, साथीभाइकोमा आउने-जाने, पाहुना बोलाउने गरिन्छ। त्यस्तो बेला विशेष गरी मासुका परिकार बनाइन्छ। तर, यो समयमा आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी मात्र खानेकुरा खानुपर्ने उनको भनाइ छ।

सामान्यतया व्यक्तिहरूले वर्षदिनमा आउने दशैं हो भन्दै सकी-नसकी खानेकुरा खान्छन्। त्यही सिको मुटुको समस्या भएका व्यक्तिहरूले पनि गर्ने उनी बताउँछिन््। भन्छिन्, ‘मुटुका बिरामीले के खानु हुन्छ, के खानु हुँदैन भनी डाक्टरले नै सुझाएका हुन्छन्। तर, वर्षदिनको दशैं न हो भनेर मुटुलाई असर गर्ने खाने बानीले गम्भीर अवस्था पैदा गर्ने गरेको पाइन्‍न्छ।’

रातो मासुमा प्रोटिन प्रशस्त हुने भएकाले धेरै मानिसले यसलाई आफ्नो आहारमा समावेश गर्छन्। तर, मुटुका बिरामीले रातो मासु एकदमै कम खानुपर्छ। किनकि, यसमा बोसोको मात्रा पनि धेरै हुन्छ।

त्यसैले डा. रेग्मीजस्तै उनी पनि मुटुका बिरामीले रातो मासुको साटो माछा, कुखुराको मासु खान सुझाउँछिन्। सेतो मासु पनि धेरै स्पाइसी नबनाई भान्सामा उपलब्ध अगार्निक मसलाको प्रयोग गरेरै पकाउन सकिने उनको भनाइ छ।

यस्तै, अण्डाको पहेंलो भाग जिम जाने व्यक्तिहरूका लागि प्रोटिनको राम्रो स्रोत मानिन्छ। तर, अण्डाको पहेंलो भागमा सन्तृप्त फ्याटको मात्रा धेरै हुने भएकाले मुटुका बिरामीले यसको सेवन गर्न नहुने उनी बताउँछिन्।

मुटुलाई हानी पुर्‍याउने अर्को कुरा ट्रान्स फ्याट हो। बजारमा पाइने प्रशोधित उत्पादनहरूमा ट्रान्स फ्याटको मात्रा उच्च हुन्छ। यसबाट बच्न कुनै पनि वस्तु खरिद गर्दा यसको पछाडिको लेबल हेरेर मात्र खरिद गर्न उनी सुझाउँछिन्।

उनका अनुसार कुनै पनि खानेकुराको अत्यधिक सेवनले शरीरमा नकारात्मक असर गर्छ। चिनी र नुनको अत्यधिक सेवनले स्वाद त बढाउँछ साथमा मधुमेह र उच्च रक्तचाप पनि निम्त्याउँछ। मुटु रोगका बिरामीले बढी चिनी र नुनको सेवन नगर्नु नै उत्तम मानिने पोषणविद् उप्रेतीको भनाइ छ।

शनिबार, असोज २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.