• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सोमालियामा चर्को खडेरी, साढे तीन लाख बालबालिकाको ज्यान जानसक्ने चेतावनी


मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित

Advertisement

सोमालियाले अहिले विगत दशकयताकै सबैभन्दा खराब खडेरी सामना गरिरहेको छ, जसबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। विज्ञहरूका अनुसार अहिले नै कुनै कदम चालिएन भने आगामी जुन महिनासम्म देशका पाँच वर्षमुनिका आधा जनसंख्या कुपोषण ग्रसित हुने बताइएको छ।

निम्को अब्दीकी ६ महिनाकी छोरीको तौल जम्मा चार किलो छ, जुन यो उमेर समूहका बालबालिकाको उपयुक्त तौलभन्दा आधा हो। अब्दीकी हेर्दा पनि छोरी निक्कै सानी देखिन्छन्। तिनको आँखा धसिएको छ, हड्डीको लाइन देखा पर्छ। छाला चाउरी परेर पहेंलो छ।

‘छोरी मेरो दूधमा मात्र बाँचेकी थिई। खानाको अभावले मेरो पनि दूध सुक्यो। त्यही भएर हामी दूध र औषधि पाउने आशामा कुपोषणविरुद्धको केन्द्रमा आएका हौं,’ अब्दीले भनिन्। अहिले सोमालिका अधिकांश आमाहरू अब्दीकै स्थितिमा छन्, जो कुपोषणबाट बच्चा गुमाउने जोखिममा बाँचिरहेका छन्।

‘यदि कुनै कदम चालिएन भने यो वर्षको गर्मीसम्ममा देशका १४ लाख कुपोषण पीडित बच्चामध्ये तीन लाख ५० हजारले ज्यान गुमाउने छन्,’ संयुक्त राष्ट्रसंघका लागि मानवीय मामिला समन्वय कार्यालयकी एडाम अब्देलमोलाले चेतावनी दिए। एडामका अनुसार कुपोषणका कारण सोमालियाभर ७० प्रतिशत विद्यालय जाने उमेरका बालबालिका विद्यालय जान सकिरहेका छैनन्। केहीले घरमा खाना बचाउनका लागि छोरीहरूको सानैमा विवाह गरिदिन थालेका छन्।

अब्दी अहिले लुउक गाउँको कुपोषणविरुद्धको केन्द्रमा बसिरहेकी छन्। त्यहाँकी एक जना नर्स फतुमा मोहमेदका अनुसार १८ बेड क्षमताको केन्द्रमा ५० भन्दा बढी बालबालिका र तिनका आमाहरू बसिरहेका छन्। लुउकको कुपोषणविरुद्धको केन्द्रकै जस्तो स्थिति देशभर कायम छ।

सोमालियाको पछिल्लो खडेरीले देशभर ४५ लाख मानिस प्रभावित छन्। सुक्खाको कारण देशको सबैभन्दा ठूलो जुवा नदी सुकिसकेको छ। जुवा नदीले लाखौं मानिसको जीवनयापनलाई सहज बनाएको थियो। कुपोषणका कारण सिर्जित चरम शारीरिक कमजोरीका कारण कैयौं बालबालिका त सडकमै मृत्युवरण गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार झण्डै सात लाख मानिसहरू खाना र पानीको खोजीमा थातथलो छाड्न बाध्य भएका छन्। मानिसले समेत पानीको अभाव झेलिरहेको बेला घरपालुवा जीव पानीको लागि तड्पिरहेको देखिन्छ। ग्रामीण क्षेत्रका सडकको छेउछाउ मरेका बाख्रा, गधा र ऊँटका शरीर यततत्र लडिरहेका देखिन्छन्।

चार सिजनदेखि राम्रो वर्षा भएको छैन र तापक्रम उच्च रहेकाले देशका ९० प्रतिशत सुक्खा छाएको छ। जनावर बेचविखनको व्यापारमा संलग्न धेरै सोमालियाली नागरिकका लागि ठूलो विपद आएको छ। पानी र खानाको मूल्य दिनप्रतिदिन बढिरहेको छ। जीवन सहज हुने आशामा मानिसहरू शहर जान थालेकाले गाउँहरू रित्तिन थालेका छन्। गाउँमा आजकल केही बूढाखाडा मात्र भेटिन्छन्। उनीहरू या त वर्षाको पर्खाइमा हुन्छन् या आफ्ना छोराछोरीले ल्याउनसक्ने पानीको पखाईमा।

खडेरीले सोमालियालाई मात्र प्रभावित बनाइरहेको छैन, ‘हर्न अफ अफ्रिका’ र अफ्रिका अहिले न्यून वर्षाबाट सिर्जित समस्यासँग जुधिरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका अनुसार सम्पूर्ण अफ्रिकाका कम्तिमा २५ प्रतिशत मानिसहरू खाद्य सुरक्षाका जोखिम सामना गरिरहेका छन्। अफ्रिकाको भोकमरी संकट रुस–युक्रेन युद्धको छायामा परेकाले यसले आवश्यक चर्चा पाइरहेको छैन। यसअघि सन् २०१७ मा पनि सोमालियालाई खडेरीले प्रभावित बनाएको थियो। कैयौं मानिस त्यसबेलाको संकटबाट नबाहिरिँदै नयाँ संकटले घेरेको छ।

खडेरीका कारण परिवारहरू बिखण्डित हुन थालेका छन्। पुरुषहरू कमाउन शहर पसिरहेका छन् भने घरका महिला तथा बालबालिका सहायता बाँडिने क्षेत्रतर्फ सर्ने गरेका छन्। तर, मानवीय सहायता संस्थाले भने सहायता वितरणमा गम्भीर अभावको सामना गरिरहेका छन्। उनीहरूले अहिले आवश्यक सहायताको जम्मा तीन प्रतिशत मात्र उपलब्ध गर्न सक्ने बताएका छन्। यो अप्रिलमा पनि औसत वा औसतभन्दा कम वर्षाको पूर्वानुमानमाझ स्थिति थप गम्भीर हुने आकलन गरिँदैछ। यस्तोमा धेरै आमाबुवा तिनका सन्तानको भविष्यलाई लिएर चिन्तित छन्।

मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.