सप्तरी– मोरङको विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको छ।
Advertisement
बिहीबार बेलुका करिब ६ बजेको समयमा बस काेशी ब्यारेजकाे ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बस खसेकाे जानकारी आएलगत्तै प्रहरी टाेली खटिएकाे र सबै यात्रुको सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आइसकेको छैन। बसमा २० यात्रु भएको अनुमान गरिएको छ।