• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

पैसा मात्र होइन फिल्मी ज्ञान


    Avatar photo
सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

फोटोग्राफीबाट शुरु भएको मेरो करिअरको यात्रा हाल फिल्म मेकिङ छ। अध्ययनको हिसाबले मैले कम्प्युटर इन्जिनियरिङ गरे। विस्तारै मेरो रुचि दृश्य कैद गर्नमा बढ्न थाले। त्यसपछि फोटोग्राफी हुँदै भिडियो खिच्‍न थालें। केही सर्ट फिल्ममा काम गर्न थालें। यसले मलाई फिल्मको अध्ययनतर्फ डोर्‍यायो। नेपाल फिल्म एकेडेमीबाट मैले ‘सिनेमेटोग्राफी र प्रोडक्सन डिजाइनर’ विषयमा अध्ययन गरें।

Advertisement

अध्ययनपछि ‘सर्ट मुभी’ गर्न थालें। फिचर चलचित्रमा मेरो प्रवेश निश्‍चल बस्‍नेतको डेब्यु निर्देशन रहेको चलचित्र ‘लुट’मार्फत भयो। फिल्मको लगानीकर्ता माधव वाग्ले हुनुहुन्थ्यो। उक्त फिल्ममा मैले ‘क्रिएटिभ प्रोड्युसर’को रूपमा काम गरें। फिल्म एकेडेमीका विद्यार्थीसहित मिलेर फिल्मको लागि काम गर्‍यौं।

‘लुट’ फिल्मको सफलतापछि ‘पशुपति प्रसाद’, ‘कबड्डी’लगायत चलचित्रमा पनि निर्माताको रूपमा काम गरें। ‘कबड्डी’ फिल्ममा लगानीकर्ता भनेर ठ्याक्कै कोही थिएन। सोही कारण फिल्म एकेडेमीकै विद्यार्थी मिलेर क्रिएटिभ रूपमा आफ्नो लगानी गर्‍यौं। स्क्रिप्‍ट लेखनीदेखि स्क्रिनिङको अवधिसम्म सबैजनाले आ-आफ्नो क्षेत्रबाट आफ्नो क्रिएटिभ इन्पुट राख्यौं, पैसा भने राखिएन। तलबी नभई फिल्म सफल भएपछि सेयर प्रतिशतमा बाँड्ने कुरा भयो। सोहीअनुसार आफ्नो हिस्साको रकम पनि पायौं।

को हुन् क्रिएटिभ प्रोड्युसर ?

फिल्म निर्माण क्षेत्रमा केही नयाँ प्रयोग आएका छन्। पहिले स्क्रिप्‍ट डाक्टर भन्‍ने अवधारणा नै थिएन। अहिले धेरै चलचित्रकाो लेखनीपछि स्क्रिप्‍ट डाक्टरको रूपमा फिल्म क्षेत्रका विज्ञलाई स्क्रिप्‍ट जाँच गराउँछन्। यसरी नै फिल्म निर्माताको विषयमा पनि हाल क्रिएटिभ प्रोड्युसरको ट्याग लाइन नभए पनि यस्ता सिर्जनात्मक निर्माताको पनि चलनचल्ती बढेको छ।

अहिलेको समयमा प्रोड्युसर भनेर लगानीकर्ताको ट्यागलाइनबाट मात्र आउनु हुँदैन भन्‍ने मेरो मान्यता हो। यसमा आफ्नो ज्ञान पनि भयो भने जति पनि चलचित्र बनाउँदा उच्च रकम लागेको देखिन्छ, त्यसलाई ‘कट डाउन’ गर्न पनि सहज हुन्छ।

परम्परागत शैलीमा चलचित्र निर्माणका लागि पैसा लगानी गरिदिने, खर्च जुटाउने व्यक्तिलाई ‘प्रोड्युसर’ अर्थात् निर्माताको रूपमा बुझ्‍न सकिन्छ। ‘क्रिएटिभ प्रोड्युसर’ले पैसा लगानी गर्नेभन्दा पनि फिल्म निर्माणको विभिन्‍न पक्षमा आफ्नो इन्पुट दिने भूमिका गर्छ।

आजकल फिल्महरू निकै उच्च बजेटमा बन्‍ने गर्छन्, जसमा प्रोड्युसरको पैसा अधिक खर्च हुन्छ। क्रिएटिभ प्रोड्युसरले खर्चमा कमी पनि ल्याउन सक्छन्। साथै, फिल्म निर्माणमा निर्देशक, प्राविधिकसरह संलग्‍न पनि हुन्छन्। पहिले पहिलेका प्रोड्युसरलाई टेक्निकल विषयमा जानकारी नहुँदा पनि फरक पर्दैन थियो भन्दा आपत्ति नहोला। स्क्रिप्‍ट कसरी बन्दैछ, ज्ञान हुने अबको निर्माताका लागि पनि एउटा आवश्यकता नै हो। क्रिएटिभ प्रोड्युसर भनेको फिल्म बन्‍ने प्रक्रियादेखि स्क्रिनिङको समयसम्म फिल्ममा सम्बन्ध हुन्छ।

‘कबड्डी’का सिरिज, ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’, ‘डिग्री माइला’ पछिल्लो समयमा चलेका फिल्ममा पनि मेरो क्रिएटिभ इन्पुट (लगानी) छ।

अबको ‘अर्थ’ ः पैसा होइन, फिल्मी ज्ञान

कथाअनुसारले किफायती खर्चमा फिल्म निर्माण हुनुपर्ने मेरो धारणा हो। जस्तो- ‘पशुपतिप्रसाद’मा मैले काम गरें। यो फिल्म एकदमै सानो क्यामेरामा खिचेका थियौं, जसको सुटिङ १३-१४ दिनमा सकिएको थियो। ‘पशुपति प्रसाद’ क्यारेक्टर (पात्र) फोकस फिल्म हो। पात्रभन्दा बाहिरको चिज देखाएको छैन। त्यसयता ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’, ‘घामपानी’, ‘कबड्डी’का सिरिजमा म क्रिएटिभ प्रोड्युसरको रूपमा आबद्ध भएँ। ती फिल्मले राम्रै व्यापार गरे।

अबको लागि लगानी गर्नु मात्रै निर्माता हुनु होइन। खर्च हुने स्थानमा कसरी किफायती हुने, प्रि-प्रोडक्सन (स्क्रिप्‍ट लेखनी), प्रोडक्सन (सुटिङ), पोस्ट प्रोडक्सन (इडिटिङ) तथा फिल्म रिलिजको क्रममा गरिने मार्केटिङमा पनि निर्माताले आफूलाई अपग्रेड गराउनुपर्छ।

प्रि-प्रोडक्सनको चरणमा स्क्रिप्‍टमा के कुरा स्क्रिनमा देखिन्छ, दृश्य कसरी विकसित हुन्छ, के कुरा देखाउँदा हुन्छ, के पर्दैन, कुनमा बढी मिहिनेत चाहिन्छ भन्‍ने पाटोमा क्रिएटिभ प्रोड्युसरको भूमिका हुन्छ। कुन चिज कसरी खिच्दा राम्रो हुन्छ भन्‍ने कुरा पहिलेका निर्मातालाई थाहा नहुन सक्छ। त्यसमा मजस्तो क्रिएटिभ प्रोड्युसरले भने आफैंलाई अपग्रेड गराएका छौं।

स्क्रिप्‍ट विकासको समयमा पनि सुटका लागि उपलब्ध हुने ठाउँ, लोकेसन कतिको उपयुक्त हुन्छन्, पात्रलाई रिबिल्ड कसरी गर्ने विषयमा ध्यान दिइन्छ। यसले अतिरिक्त खर्च लाग्‍ने जनशक्ति र खर्चमा कमी ल्याउँछ।

फिल्म इडिटिङ (सम्पादन)मा दृश्य र साउन्ड कसरी सिंक हुन्छ, कलरिङ कसरी गरिन्छ, सुट गरिएका विभिन्‍न फुटेजका फाइलहरूको ‘वर्किङ प्रोसेस’ कस्तो हुन्छलगायत यावत् ज्ञान हुन्छ। मैले फिल्म एकेडेमीमा यो सबै पढें र काममा कार्यान्वयनसमेत गरें।

फाइनान्सको निर्माताको रूपमा मात्र मैले फिल्म पढिनँ। मैले स्क्रिप्‍ट, सिनेमेट्रोग्राफीलगायत फिल्मको प्राविधिक ज्ञान हासिल गरें। स्क्रिनमा कसरी खिच्दा सिन राम्रो आउँछ, त्यो पनि छुट्याउन सक्छु। स्क्रिनमा देखिने चिजमा लगानी गर्नुपर्ने र आवश्यक नहुने स्थानमा सिर्जनात्मक तरिकाले दर्शकलाई आभास दिन सकिन्छ।

उदाहरणका लागि पोस्ट-प्रोडक्सनमा प्रोप्पमा कुन चिज उपयोगी हुन्छ, त्यसमा क्रिएटिभ प्रोड्युसरको ध्यान हुन्छ। जस्तो- फिल्मका पात्रहरूले लगाउने ‘स्ट्याप लाइन’ अर्थात् धर्के बुट्टाका पहिरनले सिनेमेट्रोग्राफीमा ‘फ्रिल्किर’ (झिल्का) लाइन आउँछ, टल्कने कपडा सकेसम्म कम प्रयोग गर्ने, कोलाइड (जुध्ने खालका दुई उस्तै रंग) हुने कलरः भत्ताको रंग रातो हुन्छ भने लगाएको कपडा रातो हुनु भएन। त्यसभन्दा लाइट वा गाढा रातो रंग हुन्छ।

फिल्म एक्सन प्रधान छ भने त्यसमा कस्तो क्यामेरा प्रयोग गर्ने, क्यामेरामा कति लगानी गर्ने भन्‍नेमा पनि अबका निर्माताको आफ्नो दखल हुन्छ। पारिवारिक फिल्ममा कस्तो क्यामेरामा लगानी गर्नेलगायत स-साना ज्ञानले पनि निर्माताको पैसा कहाँ खर्च गर्ने र कहाँ जोगाउने भन्‍ने थाहा भएमा आर्थिक रूपमा राहत मिल्छ र फिल्म पनि कलात्मक हुन्छ।

एक्सनमा हेलिकोप्‍टर चाहिन्छ तर हेलिकप्‍टर देखाउन आवश्यक छैन भने एयरपोर्ट वरपरको लोकसेनमा खिच्‍न सकिन्छ। त्यहाँको साउन्डलाई उपयोग गर्न सकिन्छ। दृश्यमा कुनै पात्र कोठाभित्र छ र घरबाहिर झगडा सुनिन्छ भने झगडाको दृश्य खिचिरहनु परेन। त्यसमा झगडाको आभास गराउने ध्वनि हुनुपर्‍यो। तर, यदि कथामा के आवश्यक छ ? घरबाहिरको झगडाको आवश्यकता छ भने सोहीअनुसार हुनुपर्छ। यो भने फेमेली ड्रामाका लागि उपयोगी आइडिया हुन्।

फिल्ममा एक चरणको इडिटिङ सकिएपछिको फस्ट लाइनअप हुन्छ। कथा बुनेअनुसार छायांकन पुगेको छ कि छैन, त्यसमा के-के दृश्य पुनः छायांकन चाहिन्छ कि चाहिँदैनलगायत विषयमा मैले काम गरें। त्यसपछि, मात्र मेन इडिटर (मुख्य सम्पादक) कहाँ फिल्म सम्पादनका लागि पुग्‍ने गर्छ। फिल्मको फाइनल आउटपुटका लागि त्यसपछि ‘कलर ग्रेडिङ’ पनि क्रिएटिभ प्रोड्युसरले गर्ने गर्छ। फिल्म रिलिजको क्रममा मार्केटिङ कसरी गर्ने, कस-कसलाई यसमा सहभागी गराउने अर्को सिर्जनात्मक अभ्यास हो।

प्रमोसनका लागि कसरी फाइनान्स मिलाउने, स्पोन्सर खोज्‍ने, फिल्मका लागि कसरी विज्ञापन गराउँदा फाइदा हुन्छ भन्‍ने अर्को लेभलमा सोचेर काम गर्नुपर्छ।

नेपाली फिल्म वृत्तमा प्रोड्युसर र क्रिएटिभ प्रोड्युसर भनेर विभाजित गरिएको छैन। तर, प्रोड्युसरको ट्याग लगाएर फिल्ममा पैसा लगानी गरेर चुप बस्‍ने अनि फिल्म चल्यो या चलेन भनेर गुनासो गर्नुभन्दा पनि फिल्म निर्माणका विभिन्‍न अवयवका बारे ज्ञान हासिल गर्ने, संलग्‍न हुने अबको आवश्यकता हो। मैले जति पनि चलचित्रमा यसरी काम गरें, ती प्रायः सफल नै भएका छन्।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.