काठमाडौं- पाल्पा बगनासकाली गाउँपालिका-५ राम्दि पुलमुनी कालीगण्डकी नदी किनारमा सोही गाउँपालिका-६ बस्ने ७१ वर्षीय खड्क बहादुर दर्जी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
गोरखा गोरखा नगरपालिका-६ स्थित बारीको पाटामा सोही नगरपालिका-९ लक्ष्मी बजार बस्ने ४० वर्षीया फूलमाया सिर्मल बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
धनुषा हंसपुर नगरपालिका-५ स्थित गहुँ खेतमा सोही ठाउँ बस्ने १८ वर्षीय विजय महरा बुधबार मृत अवस्थामा फेला परेका छन ।
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ दोलालघाटस्थित इन्द्रावती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।