• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

संखुवासभा जग्गा प्रकरणः सात जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान


बुधबार, चैत २३, २०७८ मा प्रकाशित

Advertisement

राष्ट्रिय समाचार समिति

संखुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध संगठित अपराधमा छानविनका लागि संखुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ।

जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेसन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सात जनाविरुद्ध संगठित अपराधमा अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका स्रेस्तादार केदार गौतमले जानकारी दिए।

जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुलीसहित सात जनाविरुद्ध म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए। यस्तै, भोटखोला–४ का सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमालाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पनि सोही अपराधमा म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए। संगठित अपराधअन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै २२ फागुनमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। स्थानीय दलबहादुर तामाङका नाममा रहेको करिब तीन करोड रुपैयाँ पर्ने कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा गत फागुन १ र २ मा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेसन पास गराइएको थियो।

वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालिएको थियो। आफ्नो नाममा जमिन आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेका नाममा संयुक्त रूपमा पास गरिएको विममायालाई पत्तै थिएन। कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङका नाममा वारेस राख्न दिइए पनि वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनाएको छ।

मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई २० हजार रुपैयाँ दिएको पीडितको भनाइ थियो। विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए। बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीका नाममा रजिस्ट्रेसन पास गरिएको थियो।

डीएसपी सुवेदीका अनुसार उनीहरूले माथिल्लो अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ। अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल एक लाख रुपैयाँको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गाधनी विममायालाई २० हजार रुपैयाँ मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेकालाई ठगी र कीर्ते मुद्दा चलाइने प्रहरीले जनाएको छ।

उक्त जग्गा १०६३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्छ। आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा पाँच लाख रुपैयाँ निर्धारण गरेको थियो  । गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्वे र जग्गाप्राप्तिको काम तीव्र छ।

को हुन् विममाया ?

उक्त जग्गा प्रकरणमा विममाया भनेर प्रस्तुत भएकी महिला स्वयं चिण्डीमाया तामाङका भएको पाइएको छ। गत २२ फागुनमा विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रबाहेक अन्यत्र कहीँ भेटिएको छैन। अहिलेसम्म चिण्डीमाया नै विममाया भनेर परिचित छिन्। जन्म, विवाह, मृत्युलगायत व्यक्तिगत घटना प्रमाणित गर्ने वडाध्यक्षले दलबहादुर तामाङको उत्तराधिकारी चिण्डीमायालाई विममाया भनेर सिफारिस र प्रमाणित गर्नु रहस्यमय बनेको छ। जग्गाधनी दलबहादुर तामाङको ०५८ सालमै मृत्यु भइसकेको, सन्ततिका रूपमा एक मात्र छोरी चिण्डीमाया भए पनि विममायालाई उत्तराधिकारी बनाई उनकै नाममा जग्गा नामसारी गरिएको छ थियो।

१ फागुनमा विममायाका नाममा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकालियो। भोलिपल्ट सोही नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लेखित विममायाका नाममा मालपोत कार्यालयबाट दलबहादुरका नाममा रहेको ६ कित्ता जग्गा नामसारी गरियो। त्यसै दिन विममायाका नाममा नामसारी भइआएका ६ कित्ता जग्गामध्ये अधिग्रहणमा परेका दुई कित्ता जग्गा कित्ता नम्बर २८० को करिब २४ रोपनी कल्पना र ङिमालाजुङको संयुक्त नाममा र कित्ता नम्बर २७५ का करिब तीन रोपनी जग्गा पासाङका नाममा राजीनामा पास गरी जग्गाको रजिष्ट्रेसन गराइएको थियो। सोही गाउँपालिकाभित्र निर्माण हुन लागेको जलविद्युत् आयोजनाले अधिग्रहणमा परेका जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफलसहितको सूचना प्रकाशन गरेपछि यो घटनाको बिजारोपण भएको थियो।

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

भर्खरै

  • १.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • २.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ३.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ४.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ५.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ६.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ७.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ८.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.