Advertisement
बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोडा दुर्घटनामा घाइते भएकी छन्।
मुम्बई–पुणे एक्सप्रेस वेमा उनी शनिबार दुर्घटनामा परेकी हुन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले उनको परिवार स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मलाइकालाई अस्पताल भर्ना गरिएको छ। र, उनी चिकित्सकको निगरानीमा छिन्।
पुणेबाट मुम्बई फर्किंदै गरेकी मलाइका दुर्घटनामा परेकी थिइन्। दुईवटा बस आपसमा जुधेपछि त्यसमध्ये एउटाले मलाइकाको एसयूभीमा ठक्कर दिएको थियो। मलाइका आफ्नो चालक र बडीगार्डका साथ यात्रा गरिरहेकी थिइन्।
एक स्थानीय राजनीतिक दलका नेताले मलाइका दुर्घटनामा परेको देख्नासाथ मुम्बईस्थित अस्पताल पुर्याएका थिए।