सिरहा । जिल्लाको गोलबजार नगरपालिका ११ का वडाध्यक्ष रामदेव यादवको निधन भएको छ ।
Advertisement
मुटु रोगका कारण विरामी भएका उनको उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा निधन भएको हो । उनी दुई दिनअगाडि गाउँकै बजारमा बेहोस भएका थिए ।
बेहोस भएका वडाध्यक्ष यादवलाई थप उपचारका लागि धरान लगिएको थियो । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।