काठमाडौं- काठमाडौं महानगरपालिका-१६ मैपीस्थित कबिता दाहालको घरमा धादिङ निलकण्ठ नगरपालिका-६ घर भएकी २२ वर्षीया सुनिता दर्जी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा काठमाडौं महानगरपालिका-४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । मगर शनिबार देखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
ताप्लेजुङ सिदिङवा गाउँपालिका-७ बस्ने ४५ वर्षीय सिताराम तामाङ सोही ठाउँस्थित छाँगे खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी बर्दिबास नगरपालिका-६ स्थित रातुखोलाको किनारमा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा सोही नगरपालिका-७ किसाननगर बस्ने बिक्रम अधिकारीको छोरा १२ वर्षीय रिदम अधिकारी आइतबार फेला परेका छन् ।
नवलपरासी पश्चिम रामग्राम नगरपालिका-४ जितपुर बस्ने ८५ वर्षीया प्रभावती चौधरी आफ्नै घर नजिकै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छिन् ।
यसैगरी नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने २० वर्षीय रोशन कुमार बढई भन्ने सुर्य कुमार बढई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उनको शव घाँटी काटिएको अवस्थामा फेला परेकोले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट प्रहरी टोली खटी गएर सोधपुछ तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित खाद्य संस्थानले निर्माण गरिरहेको सटरको सिंढीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा जनकपुर उपमहानगरपालिका-४ नमस्कार चोक पुरानो बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।