• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

पाकिस्तानमा ईश निन्दाको आरोपमा विद्यार्थीद्वारा आफ्नै शिक्षिकाको हत्या


बुधबार, चैत १६, २०७८ मा प्रकाशित

Advertisement

इस्लामावाद– पाकिस्तानमा ईश्वर निन्दाको आरोपमा पुनः एकजनाको हत्या भएको छ। देशको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान जिल्लामा मंगलबार विद्यार्थीले शिक्षिकाको हत्या गरेका हुन्।

पाकिस्तानको प्रमुख समाचारपत्र डनका अनुसार जिल्लाको अन्जुमाबादस्थित जामिया इस्लामिया फलाहा अल–बानातमा पढ्ने तीन विद्यार्थीले ईश्वरको निन्दा गरेको भन्दै आफ्नै शिक्षिकाको हत्या गरेका छन्।

प्रहरीका अनुसार मदर्सामा पढाउने २१ वर्षीया शिक्षिका सफुरा बिबीलाई सोही मदर्साका तीन विद्यार्थीले विभत्स हत्या गरेका हुन्। मारिएकी शिक्षिकाले सपनामा आएर ईश्वरको निन्दा गरेको आरोप लगाइएको थियो।

घटनाबारे हत्या गरिएकी शिक्षिकाका काकाले प्रहरीमा उजुरी दिएका छन्। उनका अनुसार बिहान सात बजे मदर्साको गेटमा उनकी भतिजीको घाँटी रेटी हत्या गरिएको अवसथामा शव भेटिएको थियो। घटनाबारे मदर्साका म्यानेजर फोन गरेर परिवारलाई जानकारी दिएका थिए।

प्रहरीले घटनास्थलमा शिक्षिकाको शव फेला पारेको थियो। घटनामा संलग्न तीनैजना पक्राउ परेका छन्।

पक्राउ परेका विद्यार्थीहरू १७, २१ र २४ वर्षका छन्। प्रहरीले लिएको बयानमा उनीहरूले एक परिचित १३ वर्षीया बालिकाको सपनामा धार्मिक व्यक्तित्व आएर ती शिक्षिका ईश्वर निन्दक भएको र उनको हत्या गर्न आग्रह गरेको बताएका छन्। सपनाको सन्देशअनुरूप नै आफूहरूले शिक्षिकाको हत्या गरेको उनीहरूको दाबी छ।

तर, प्रहरीले यसमा अन्य रिसइबीको कारण पनि छ कि भनेर अनुसन्धान गरिरहेको छ। घटनापछि मदरसाहरूको एक बोर्ड ‘वफाकुल मदारिस अल अरब पाकिस्तान’ले हत्याको निन्दा गर्दै यसलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ। बोर्डले जारी गरेको विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ।

पाकिस्तानमा ईश्वर निन्दाको आरोपमा बर्सेनि धेरै मानिस मारिने गरेका छन्। त्यहाँको कानूनले पनि ईश्वर निन्दकलाई मृत्युदण्डको व्यवस्था गरेको छ। ईश्वर निन्दाको आरोप लागेमा भीडले नै आरोपितको हत्या गरेका घटना धेरै भइसकेका छन्।

गत वर्ष पनि पाकिस्तानको सियालकोटमा श्रीलंकाली मूलका एक उद्योगका म्यानेजरलाई ईश्वर निन्दाको आरोपमा सार्वजनिक स्थानमा जिउँदै जलाइएको थियो। प्रियंथा कुमारा नामक ती व्यक्तिको क्याबिनमा फाटेको पोस्टर भेटिएको थियो, जसमा मोहम्मद लेखिएको थियो। यसलाई कारखानामा काम गर्ने मजदुरहरूले पैगम्बरको अपमान मान्दै उनीमाथि खनिएका थिए।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.