बराहक्षेत्र- इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ठूलो परिमाणमा लोड गरिएको गाँजासहितको बोलेरो नियन्त्रणमा लिएको छ।
हिजो राती १२ः ४० बजे इलाका प्रहरी कार्यालयको गस्ति टोलीले चक्रघटिबाट मघुवन तर्फ गईरहेको अवस्था राजाबासबाट प्रदेश १-०१-००२ च ३५७५ नम्बरको बोलेरो गाडीमा लुकाइ छिपाई लागुपदार्थ गाजा लोड गरी लाँदै गरेको अवस्थामा गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीले उक्त गाडीलाई रोक्न खोज्दा गाडी नरोकि अगाडि स्पिडमा गए पछि उक्त गाडीलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउनु परेको र चालकले उक्त प्रतिबन्धित लागुपदार्थ गाँजा बोकेको गाडी छोडी फरार भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिकास राईले जानकारी दिए।
चेकजाँच गर्ने क्रममा उक्त गाडिबाट १२ बोरा गाजा २४७ किलो र गाडी बरामद गरेको निरीक्षक राईले जानकारी दिए।
बरामत गाजा र गाडीलाई इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघटिमा राखिएको र फरार चालक लाई खोजतलास गरिरहेको कानुनी कारवाहीको लागि अघि बढाई रहेको निरीक्षक राईले बताए।
प्रतिबन्धित लागुपदार्थ गाँजा तथा लागुऔषध सहित बिरामी बोक्ने एम्बुलेन्स,भारतिय गाडी,अटो तथा मोटरसाइकल प्रयोग गरि बराहक्षेत्रबाट ओसारपसार गरिरहेको अवस्थामा व्यक्तिहरू सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटकपटक पक्राउ गरेको धटनाले तस्करहरुले प्रतिबन्धित लागूपदार्थ तथा लागुऔषधि ओसारपसार गर्ने ट्रान्जिट पोइन्ट भईरहेको धटनाले पुष्टि गर्छ।
उक्त प्रतिबन्धित लागु पदार्थ गाँजा भारततर्फ निकासी हुनसक्ने प्रहरीको अनुमान छ।