काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै आज ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
Advertisement
यस्तै, तुलनामा तेजाबी सुनको मूल्यमा पनि तोलामा ४०० रुपैयाँले घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा आज तोलामा १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।