काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले आफ्नो देशको सम्प्रभुता तथा क्षेत्रीय अखण्डतालाई प्राथमिकताका साथ लिएर वार्ता तयार रहेको बताएका हुन् ।
यसै हप्ता दुई देशका अधिकारीबीच टर्कीमा शान्ति वार्ता गर्ने तयारी भइरहेको समाचार जनाइएको छ । ‘हाम्रा लागि सुरक्षाको ग्यारेण्टी सबैभन्दा बढी आवश्यक रहेको छ,’ यसअघि जेलेन्स्की भने, ‘स्पष्ट रूपमा हाम्रो लक्ष्य भनेको शान्ति र हाम्रो देशमा जतिसक्दो चाँडो सामान्य जीवनमा फर्कनु हो ।’
यसअघि जेलेन्स्कीले एक स्वतन्त्र रूसी मिडियामा ९० मिनेटको अन्तर्वार्तामा भनेका थिए, ‘रूससँग शान्ति सम्झौता गरी एक तटस्थ स्थितिमा बस्न तयार छौँ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो कलमा जेलेन्स्कीले सुरक्षा ग्यारेण्टी र तटस्थता, आफ्नो राज्यको गैर-आणविक अवस्था र त्यसका सुरक्षाका लागि वार्ता गर्न तयार रहेको बताएका थिए ।
युक्रेनका राष्ट्रपतिले रुसी भाषामा दिएको अन्तर्वार्तामा रुसी आक्रमणले युक्रेनमा रुसी भाषी सहर ध्वस्त भएको बताए । एजेन्सी