काठमाडौँ । सार्क राष्ट्र श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । केही दिनअघि मात्रै पैसा नभएर छपाई कागज किन्न नसक्दा करिब ४५ लाख विद्यार्थीले परीक्षा दिन बञ्चित भएको समाचार सार्वजनिक भएको थियो ।
Advertisement
अहिले श्रीलंकामा खाद्य संकट देखा परेको छ । समाचारमा जनाइएअनुसार देशमा खाद्यन्न सकिएसँगै भोकमरी सुरु भएको छ ।
श्रीलंकामा अहिले एक किलो चिनीको मूल्य ४६४ रुपैयाँ पुगेको छ । यस्तै, एक किलो चामलको मूल्य आठ सय रुपैयाँ पुगेको छ भने चार सय ग्राम पाउडर दुधको मूल्य एक हजार २६४ रुपैयाँ पुगेको छ ।
यस्तै, पेट्रोलमा साविकको मूल्यमा ८० रुपैयाँ र डिजेलमा एक सय २० रुपैयाँ बढेको छ ।
श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । चीनको ऋणको जालमा फसेको श्रीलंका नाजुक अवस्थामा पुगेको छ । एजेन्सी