काठमाडौँ । राजधानीको बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारी स्थायी घर भएका २१ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।
Advertisement
थापाले गएराति श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । उनले मासु काट्न प्रयोग हुने दाउले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घाइते भएकी २४ वर्षीया लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो । थापाले श्रीमतीको घाँटीमा दाउले हानेको प्रहरीले जनाएको हो ।