काठमाण्डौ– नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाण्डौको मातातीर्थ सबस्टेशनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
Advertisement
मर्स्याङ्दी काठमाण्डौ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेशन सिस्टमलाई शटडाउनमा राखी काम गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेशनबाट आपूर्ति भइरहेको ठाउँमा बिजुली प्रभावित हुने भएको हो ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा भोलि आइतवार पनि विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ ।