• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै


बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

सङ्गीता राई/धरान (सुनसरी)-
मधेसैको लहरे वर पात खस्यो हरर हो।
रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर।
आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल।
मर्ने जति मरी ना गए बाच्नेको येई साल।….

Advertisement

ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ। विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बुढापाकाको भनाइ छ। उधौली विशेषगरी एक दिन मनाइन्छ भने उभौली महिनौ दिनसम्म मनाइन्छ। हरेक साकेला थानमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर हुने गर्छ।

आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन्। टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ।

धरान-१७ वान्तावा लाक्छाम संरक्षण समितिका सचिव तथा संस्थाका (सिलिहिाङपा) मिलन बासाखोरा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउँछन्। उनी भन्छन्, “आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०/१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको सबै ठाउँमा साकेला नाच्न जान्छौं।”

उनी जस्तै धरान-११ वान्तावा लाक्छाम संरक्षण समितिका सदस्य बरदान भरत राई साकेला किरात जातिको पहिचान रहेको बताए। साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलिका रुपमा विभिन्न गीतहरुको प्रस्तुत गरेर नाच्ने उनले बताए। “आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाई बहिनीलाई साकेला सिलिहरु सिकाएर धरान बाहेक सबै ठाउँमा नाच्न जाने गरेका छौँ”, उनले भने।

साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको धरान-११ निलम राई बताउँछन्। उनी भन्छन्, “आफ्नो संस्कार संस्कृति अनि हाम्रा पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, त्यसैले हामी भाइबहिनीलाई पनि लिएर साकेलाको समयमा नाच्न जान्छु।”

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ। छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचि रहेको हुन्छन्।

साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ। हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ। हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको भनाइ छ।

“साकेला एउटा अद्भुत शक्ति भएको ढुङगा जस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ। प्राकृतिक पुजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच सुरु गरिन्छ”, उनले भने, “विशेष गरी साकेला हजारौ किमिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिलि जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पति भएका किरा फट्याङ्रा, चराचुरुङगी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ।”

प्रतिक्रियात्मक सिलि हामीले दैनिक रुपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौ सिलि हुन्छन्। जसमा रहेर साकेला नाच्ने गरिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राईको भनाइ छ। साकेला विशेषगरी हामीले उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ। साकेलाको बिड ढोल झ्याम्टा अनि त्यहा गुञ्जिने साकेला सिलिको धुनले नै पछिल्लो समय युवा पुस्ताहरुमा बाहुल्यता बढाएको राईको भनाइ छ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ। पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिलि लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईको भनाइ छ। उनले भने, “पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको राईको भनाइ छ।

पहाडी भेगमा रामनवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ । टोल-टोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिड्ने चलन रहेको उनले बताए। साकेला किरात राईहरुको विशुद्ध चाड रहेको पहिचान साहित्य लेखनका अभियनता तथा बागियान पत्रिकाका सम्पादक श्रीसिशा राईको भनाइ छ। उनले भने, “यो चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलिमार्फत सम्मान गर्छन्”, उनले भने, “किरात राई समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पुजा अथवा (माङ) गर्ने चलन छ।”

साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ, आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पुजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ। यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ। “साकेला अथवा उभौली-उधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक छ”, उनले भने, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ।”

पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ। राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन्। काठमाडौंमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाचिन्छ। काठमाडौंका टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ।

चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ। उँधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राई समुदायले उभौली अर्थात् वैशाख पूर्णिमादेखि करिब एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन्। मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन मात्र साकेला थानमा सिली नाचेर चलन छ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ।

किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो। उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ। सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ।

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.