काठमाडौँ । पछिल्लो एक महिनामा पाल्पा जिल्लाबाट २९ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनामा २९ जना महिला हराएको उजुरी परेको जानकारी दिएको हो ।
Advertisement
यस्तै, सोही अवधिमा पाँच बालबालिका र एक जना जेष्ठ नागरिक बेपत्ता भएका छन् । सोही अवधिमा २७ वटा घरेलु हिंसाका उजुरी परेका थिए । ती सबैको मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।