• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चौतारी संरक्षणमा युवापुस्ताको चासो बढेपछि पाको पुस्ता खुसी


आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

गलेश्वर (म्याग्दी)– म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवापुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसियाली छाएको छ।

Advertisement

जिल्लाका बेनी नगरपालिकासहित मङ्गला, मालिका, अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका युवाले यहाँ रहेका पुराना चौतारीको संरक्षणका साथै नयाँ चौतारी निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेको भन्दै खुसी भएका हुन्।

चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाका साथै जनप्रतिनिधि पनि खटिन थालेका छन्। कतिपय वडा कार्यालयले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीको पुनःनिर्माण तथा आवश्यक ठाउँमा नयाँ चौतारी बनाउने काम गरिरहेका छन्।

बेनी-६ अर्थुङ्गे, वडा नं ७ बेनी, वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौरसहित मङ्गला, मालिका, धौलागिरि, रघुगङ्गाा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन्।

मङ्गला-२ खुम्लियामा सातदशक अगाडि बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया युवा क्लव जुटेको छ। बेनी-दरबाङ सडकअन्तर्गत सिम-कुहुँ-टोड्के जोड्ने खण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहीन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत गरी वरपीपल रोपण गरिने क्लबका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए।

तत्कालीन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि वनजङ्गलमा जाने स्थानीयवासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्वारा निर्मित उक्त चौतारी संरक्षण अभावले जीर्ण बनेको थियो। सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पीपल सुकेपछि चौतारी जीर्ण बनेको उनले बताए।

“चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्थे। अब सधैँ प्रयोग हुने गरी पुनःनिर्माण गर्छौं”, उपाध्यक्ष आचार्यले भने। धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने भन्दै खानेपानीको धारा निर्माणका लागि गाउँपालिकासहित अन्य सङ्घसंस्थासँग सहयोग जुटाइने उनले बताए।

तत्कालीन समयमा टोड्केमा रहेको स्वर्गाद्वारीको शाखा आश्रमबाट पैदल हिँडेर पश्चिम म्याग्दी हुँदै बागलुङबाट प्यूठानको स्वर्गद्वारीमा जाने धार्मिक भक्तजनले उक्त चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर बस्ने गरेका स्थानीय बुढापाकाको भनाइ छ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोगका साथै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले बताए।

चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी पुनःनिर्माण गरी संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग हुने बताए। चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरङ्जाको सातविसेलगायत बस्ती देखिन्छ।

दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन्। “कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरिन्थ्यो। पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै बैठक तथा सभा हुन थालेपछि गाउँघरका चौतारी प्रयोगविहीन हुँदै गएका छन्”, बेनी-२ का ७९ वर्षीय टेकबहादुर कार्कीले भने।

पहिला धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो। सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ। सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन्।

बेनी-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताए। “अहिलेका प्रतीक्षालय जस्तै पहिलेका चौतारीको महत्व छ”, उनले भने “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ।”

बेनी-७ मा १८ चौतारी र एउटा पोखरी छन्। चौतारी मर्मतका लागि आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले चार लाख ५० हजार विनियोजन गरेको थियो। सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको नगर कार्यालयले जनाएको छ।

गत आवमा विनियोजन भएको एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो। सो चौतारीको नजिकै बेनी बजार अवस्थित वडा नं ७ र ८ बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ।

ज्यामरुककोटमा रहेका पाँच वटा चौतारीको पनि पुनःनिर्माण गरिएको बेनी-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.